यो बर्ष बर्षा धैरै हुने, सतर्क रहन आग्रह
मौसमविदले यो वर्ष बर्खा याममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। सामान्यतया यो वर्षभरि हुने वर्षाको ८० प्रतिशत बर्खा याममै हुने अनुमान गरिएको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यो वर्षको बर्खामा औसतभन्दा बढी वर्षा हुने अनुमान विभिन्न ऋतुगत विश्लेषण र अध्ययनबाट गरिएको हो।